पदक विजेतालाई आर्कषक पुरस्कार

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा पदक विजेता खेलाडीलाई सरकारले आर्कषक पुरस्कारबाट सम्मान गर्ने भएको छ । साग सकिएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर खेलाडीलाई ठूलो रकम सहितको पुरस्कारको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले स्वर्ण जित्ने खेलाडीलाई जनही नौ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । सरकारले सागमा दुई भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँका दरले पुरस्कृत गर्ने भएको छ । यसैगरी रजत पदक विजेतालाई जनही ६ लाख र कांस्यलाई जनही तीन लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।
सरकारले घोषणा गरेको यो पुरस्कार रकम अहिले सम्मकै बढी हो । सागको अघिल्लो संस्करणमा सरकारले ब्यक्तिगत विधामा स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः पाँच लाख, तीन लाख र एक लाख रुपैयाँ प्रदान गरेको थियो ।
यसैगरी सरकारले टिम स्पर्धामा स्वर्ण विजेता खेलाडीलाई जनही पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ । टिम स्पर्धाको रजत र कांस्य पदकको बारे कार्यविधि बनाएर पुरस्कार प्रदान गरिने बताईएको छ । टिम स्पर्धामा स्वर्ण विजेता टोलीका प्रशिक्षकलाई पनि जनही पाँच रुपैयाँ पुरस्कार प्रदान गर्ने जनाएको छ । सरकारले पदक विजेता खेलाडीको लागि एक अर्ब १३ करोड रुपैयाँ पुरस्कार राशीमा खर्च गर्न लागेको छ । सागका लागि सरकारले कूल पाँच अर्ब २५ करोड रुपैयाँ बजेट प्रदान गरेको थियो ।
यसअघि अस्वस्थताका कारण सागको उद्घाटन र समापन अवसरमा प्रधानमन्त्री ओली उपस्थित हुन सकेका थिएनन् । प्रधानमन्त्री ओलीले समापन समारोहमा भिडियो मार्फत सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले बुधबार खेलाडीलाई निवासमै बोलाएर सम्बोधन गरेका हुन् ।
सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको थियो । नेपाल पदक तालिकामा दोस्रो भएको थियो । पहिलो भएको भारतले भारतले एक सय ७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य पदक जितेको थियो । सागमा २६ खेलमा प्रतिस्पर्धा भएको थियो । सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरका भएका थिए । पुरस्कार घोषणा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादृुर सुनार विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिमा अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राखेप पदाधिकारी, खेल संघका पदाधिकारी, प्रशिक्षक, ब्यवस्थापक लगायतको उल्लेख्य उपस्थिति हरेको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments