काठमाडौं : १३औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई बुधबार प्रधानमन्त्री केपीशर्मा ओलीले सम्मान गर्ने भएका छन् । सम्मानका लागि पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएका हुन् । सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो २ बजे बालुवाटार बोलाएको खेलकुद परिषद्ले जनाएको छ ।
मंगलाबार साँझ डायलासिसका लागि त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओली मंगलार राति नै बालुवाटार फर्किएका थिए । स्वास्थ्यका कारण प्रधानमन्त्री ओलीले बाहिर कार्यक्रम गर्नुभन्दा पनि आफ्नै निवासमा विजेता खेलाडीलाई बोलाएका हुन् ।
मंगलबार सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कूल २०६ पदक जितेको छ । सन १९९८ मा नेपालमा भएको आठौं सागपछि नेपालले १३औं सागमा दोस्रो स्थान हासिल गर्न सफल भएको हो । आठौं सागमा दोस्रो हुँदा नेपालले ३१ स्वर्ण जितेको थियो । १३औं सागमा जलपरी गौरिका सिंह एक्लैले चार स्वर्ण जितिन् । यस्तै मन्डेकाजी श्रेष्ठ र आयशा शाक्यले दुई÷दुई स्वर्ण जिते ।
Previous Article
महिला बास्केटबलमा रजत
Next Article