काठमाडौं : सागअन्तर्गत महिला बास्केटबलमा नेपालले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित ग¥यो ।
भारतकी स्कारियाले २० अंक जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर गरिन् । चारै क्वार्टरमा अग्रता लिएको भारतले २५–७, ३३–१४, ४४–९, २५–१६ को प्रदर्शन ग¥यो । मंगलबार नै भएको खेलमा भुटानलाई ८३–४६ ले हराउँदै माल्दिभ्स तेस्रो भयो । माल्दिभ्सकी रिस्माले २९ अंक बटुलिन् ।
पुरुष फाइनलमा भारतले श्रीलंकालाई १०१–६२ ले पाखा लगायो । विजेताका विशेष भ्रिगुवन्सीले १७ स्कोर गरे । सुरुका तीन क्वार्टरमा अग्रता लिएको भारतले पहिलोमा २६–१४, दोस्रोमा २५–१० र तेस्रोमा २८–२७ अंक जोड्यो । चौथोमा श्रीलंकाले २७–२२ को अग्रता लिएको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशलाई ८१–५९ ले पाखा लगायो । नेपालका असीम श्रेष्ठले १९ अंक जोडे । नेपालले पहिलोमा २४–११, दोस्रोमा २२–११, तेस्रोमा १४–२३ र चौथोमा २१–१४ अंक जोड्यो ।
यसअघि सोमबार सम्पन्न थ्री बाई थ्री बास्केटबलको पुरुषमा भारत पहिलो, नेपाल दोस्रो र श्रीलंका तेस्रो भएका थिए । महिलामा भारतले स्वर्ण, श्रीलंकाले रजत तथा नेपालले कांस्य जिते ।