काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जितेको छ । सन् १९९९ मा काठमाडौंमा नै भएको आठौं सागपछि नेपालले यस पटक मात्रै स्वर्ण पदक भित्र्याएको हो । आठौं सागमा दुइ दाजुभाइ रामचन्द्र र प्रकाश थापामगरले स्वर्ण जितेका थिए ।
१३औं सागमा नेपालका मीनु गुरुङ र भूपेन्द्र थापामगरले स्वर्ण जिते । महिला ५४ केजीको फाइनलमा मीनुले भारतीय खेलाडी शिक्षालाई पराजित गर्दै स्वर्ण जितिन् ।
यसैगरी पुरुषको ६४ केजीको फाइनलमा नेपालका भूपेन्द्र थापामगरले स्वर्ण जिते । उनले भारतका मनिष कौशिकलाई अंकका आधारमा पराजित गरे ।

Previous Article
स्वर्णधारी पुनम
Next Article