प्रधानमन्त्रीको भेन्टिलेटर हटाइयो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । स्वाथ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । थापाले हिजोभन्दा प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा आज क्रमशः सुधार आएकाले ब्याकअपका लागि राखिएको भेन्टिलेटर हटाउन लागिएको जानकारी दिए ।
बालुवाटारमा छलफल गर्दागर्दै एक्कासी पेट दुखेपछि मंगलबार बिहान स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीको एपेन्डिक्समा समस्या देखिएपछि तत्काल एपेन्डिसाइटिस शल्यक्रिया गरिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको थियो ।
शल्यक्रियापछि अस्पतालको सघन कक्षमा राखेर उनको उपचार गरिएको थियो । प्रधानमन्त्री ओलीलाई केहीदिन अस्पतालमै बसेर आराम गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments