इटालीको गोल वर्षा

एजेन्सी । युरोकप छनोटमा ईटालीले ऐतिहासिक जित आत्मसाथ गरेको छ । सोमबार राति समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले हराएको हो ।
फुटबल इतिहासिमा ईटालीले एउटा ठूलो अन्तरको जित प्राप्त गरेको हो । सिरो इम्मोबाइल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले एक एक गोल गरे । अर्मिनियाका ईडगर बाबायानले एक गोल फर्काए ।
बाबायानले इटालीलाई इतिहासकै सबैभन्दा ठुलो जित निकाल्नबाट भने रोकेका थिए । सन् १९४८ मा इटालीले अमेरिकालाई ९–० गोल अन्तरले हराएको थियो । विश्वकप २०१८ मा छनोट हुन असफल इटालीले युरोकप छनोटमा भने शानदार प्रर्दशन गर्यो । इटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ ग¥यो र समूह जेको शीर्ष स्थानमा रहँदै छनोटको अन्त्य ग¥यो । अर्मिनिया १० अंक सहित पाँचौ स्थामा रह्यो ।
यसैगरी स्पेनले युरोकप छनोटको अन्तिम खेलमा प्रभावशाली जित आत्मसाथ गरेको छ । स्पेनले रोमानियालाई ५–० गोल अन्तरले हराएको हो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै स्पेनले छनोट प्रतियोगिताको अन्त्य गरेको छ । खेलको आठौं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । जेरार्ड मोरिनोले लगातार दुई गोल गर्दै स्पेनलाई ३–० ले अघि बढाए । एड्रियन रसले ४५ औ मिनेटमा आत्मघाती गोल गरेपछि स्पेन पहिलो हाफमै ४–० ले अघि बढ्यो ।
दोस्रो हाफको ईन्जुरी समयमा मिकेल आयारजाबालले गोल गर्दै स्पेनलाई प्रभावशाली जित दिलाए । समूह एफको खेलमा स्पेन र स्विडेनले युरोकपमा छनोट भइसकेका छन् । स्पेनले १० खेलबाट २६ अंक र समूह उपविजेता स्विडेनले २१ अंक बटुले । रोमानिया १४ अंक सहित चौथो स्थानमा रह्यो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments