विशेष Archives | Page 31 of 242 | नेपालमाला

 

सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । पूर्वन्यायाधीश…

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, रोचक मोडमा गण्डकीको राजनीति

पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए…

चर्चहरूमा सम्पत्तिको कलह

अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक संस्थाको सम्पत्ति सुरक्षा, दर्ता र नियमनका लागि बेग्लै कानून जरूरी भइसकेको देखिन्छ। सधैंको शनिबार झैं २०८० मंसीर ८ को बिहान…

त्रिविको लापरबाही : महिना ३० को परीक्षा ३१ गते

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेपछि विवादित भएको छ ।कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा ३१ गते पनि परीक्षा तालिका निकालेपछि विवादित भएको हो । त्रिविले शुक्रबार सार्वजनकि गरेको…

विराटनगर नर्स हत्या प्रकरण : साथीको मोबाइलमा आएको थियो हत्याको म्यासेज

विराटनगर : विराटनगर महानगरपालिका- ४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै प्रेमी जोडिएका छन् । यद्धपि प्रहरीले औपचारिक रुपमा पुष्टि गरेको छैन । घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी रहेको छ, अमिन धानुक नाम गरेका उनका…

सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाडौं : सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६०…

‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट

काठमाडौं : सर्वोच्च अदालतमा ‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ। अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरमा बस्नेहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न कानुन बनाउनुपर्ने माग गर्दै रिट दायर गरेकी हुन्।…

सिन्धुलीको नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

काठमाडौं : सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो । विस्फोटबाट टावर…

जति गठबन्धन फेर्दै उति विश्वासको मत घट्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले १४ महिनाभित्र तेस्रोपटक विश्वासको मत पाएका छन्। पहिलोपटक झन्डै सतप्रतिशत र दोस्रोपटक दुईतिहाइ समर्थन हासिल गरेका दाहालले यसपटक सामान्य बहुमत पाएका छन्। तेस्रोपटकको  विश्वासको मत लिँदा झन्डै ५८ प्रतिशतमा खुम्चिए। प्रधानमन्त्री दाहाल तेस्रोपटक विश्वासको मत पाउँदा…

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले विश्वासको…

नेपाल लगातार चौथो पटक फाइनलमा पराजित

काठमाडौं : नेपाल पछिल्लो पटक टीट्वेन्टी खेलमा लगातार चौथो पटक फाइनलमा पराजित भएको छ । बुधबार हङकङमा सम्पन्न त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित हुन पुग्यो । जितको लागि १७२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६.३…

त्रिकोणात्मक टीट्वेन्टी शृंखला : उपाधिका लागि आज नेपाल र पीएनजी खेल्दै

काठमाडौं : हङकङमा जारी त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) को सामना गर्दैछ। दुई देशबीचको फाइनल खेल आज दिउँसो पौने १२ बजेदेखि सुरू हुनेछ। मंगलबार भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो। मंगलबार नै भएको दोस्रो…

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक बस्ने छ । बैठकमा…

रेशमले रन्जितालाई लेखे- मैले तिमीलाई सम्झाउन सकिन प्रिय !

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको राजनीतिक विवाद फेसबुकमा छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ । यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर…

प्रचण्डको परिवारमोह कहिलेसम्म ? राष्ट्रियसभा अध्यक्षमा आफ्नै भाइ उम्मेदवार

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकले प्रचण्डका भाइ नाता पर्ने दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भोलि सोमबार उम्मेदवारी दर्ता…

कान्ति लोकपथ चैत १ देखि ४५ दिन बन्द हुने

काठमाडौं : ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा पुग्ने कान्ति लोकपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिपथ…

चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई मिस वर्ल्डको ताज

काठमाडौं : चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । २४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन् । मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले…