समाचार Archives | Page 7 of 121 | नेपालमाला

 

पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा, बत्ती बाल्न २ हजार १०० शुल्क तिर्नुपर्ने

काठमाडौं : पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्ने तयारी छ । दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज…

कीर्तिपुरमा दलहरूको प्रतिष्ठाको लडाइँ

कीर्तिपुर : कीर्तिपुर नगरप्रमुखसहित वडा नम्बर १ र ४ मा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। नगरप्रमुखका लागि प्रमुख राजनीतिक दलसहित २० उम्मेदवार उपनिर्वाचनमा भिड्दैछन्। २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौं, धरानलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका कारण यो पटक कीर्तिपुरमा स्वतन्त्र…

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन : एमाले

काठमाडौं : काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ । यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई…

नेपालले पायो ऐतिहासिक ‘कन्ट्री रेटिङ’

 काठमाडौं : इतिहासमै पहिलोपटक भएको सार्वभौम रेटिङमा नेपालले ऐतिहासिक रेटिङ पाएको छ । विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एक फिच रेटिङ्सले नेपाललाई ‘डबलबी माइनस’ रेटिङ प्रदान गरेको हो । यो भारतको भन्दा दुई स्थान तलको रेटिङ हो, तर अन्य दक्षिण…

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको…

बीआरआई बहस : अनुदानको अडानमा कांग्रेस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा बीआरआई विषय फेरी एकपटक चर्चामा छ। चर्चाको विषय भनेको बीआरआई अनुदानमा लिने कि ऋणमा लिने ? नेपालमा चिनियाँ ऋण तथा अनुदानमा केही परियोजना सञ्चालनमा छन्, तर ती बीआरआईअन्तर्गत नभई द्विपक्षीय सम्झौतामा आधारित…

एमालेबाट २५ वर्षमा खोसेको कीर्तिपुर बचाउन कांग्रेसलाई चुनौती

काठमाडौं : नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकामा सधैंको प्रतिस्पर्धी नेकपा एमालेलाई जित्न २५ वर्ष कुर्नपर्‍यो । २०५४ र २०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएको कांग्रेसले २०७९ सालमा भने एमालेलाई ठूलो मतान्तरले हराइदियो । नगर प्रमुखमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ९ हजार…

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं : यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ । उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५…

विद्युत् प्राधिकरणको ‘ओभरहेड’ संरचना हट्दा चिटिक्क न्युरोड

काठमाडौं : अहिले न्युरोड पहिलभन्दा सफा देखिन्छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण प्रणाली मार्फत विद्युत् आपूर्ति थालेपछि काठमाडौं महानगरपालिकाले अनावश्यक पोल र तार हटाउन थालेको छ । प्राधिकरण प्रवक्ता चन्दन घोषका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत्…

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार बैठकले प्रतिनिधिसभाका पूर्व सभामुख ढुंगानाको…

पूर्वसभामुख ढुंगानाप्रति सानोगौरचणमा श्रद्धाञ्जली, आर्यघाटमा अन्त्येष्टि

काठमाडौं : दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने भएको छ । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष…

कीर्तिपुरको मेयर पदका लागि २० जनाको उम्मेदवारी (सूची)

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्। आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २० जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। यहाँ नेपाली का‌ंग्रेसले कृष्णमान डंगोल, नेकपा…

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं : यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने…

आजदेखि निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

काठमाडौं : यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगको शनिबार बसेको आजदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने…

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं : १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू…

कीर्तिपुरको मेयरमा कांग्रेसको उम्मेदवार कृष्णमान डंगोल

काठमाडौं : नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको छ । उम्मेदवारी दर्ता…

तीन दशकमा डायबिटीजका बिरामी चार गुणा वृद्धि : राष्ट्रसंघ

काठमाडौं : संयुक्त राष्ट्रसंघ समर्थित एक अध्ययनले तीन दशकको अवधिमा विश्वमा मधुमेह (डायबिटिज)का बिरामी चार गुणाले बढेको पत्ता लागेको छ । यसबाट विश्वका ८० करोड वयस्क पीडित भएको समेत पाइएको छ । १४ नोभेम्बरमा मनाइने विश्व मधुमेह दिवसको अवसरमा लनसेन्ट…