काठमाडौं : पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने…
देशभर चिसो बढ्यो, मौसमविद् भन्छन् : यो हप्ता यस्तै रहन्छ
काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए । पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको…
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला
काठमाडौं : आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।…
भाइटीकाको उत्तम साइत ११:३७ मा, कुन दिशामा बसेर लगाउने ?
काठमाडौं : तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको…
नोस्टाल्जिक बनाउने ५ देउसी-भैलो गीत
काठमाडौं : तिहारमा के हुन्न ? मीठो पकवान, झिलिमिली उज्यालो, पशुपंक्षीको पूजा, चेली-माइतीको हार्दिकता, ढाका टोपी उपहार । अनि मधुर नाचगान पनि । कति सप्तरंगी पर्व ? नाचगानको आफ्नो विशिष्ट र मौलिक शैलीले तिहारलाई पृथक बनाएको छ । जसै तिहारको…
भाइटीकामा थरीथरीका माला, कति पर्छ मूल्य ?
काठमाडौं : काठमाडौंको कालिमाटीमा रहेको गोल्ड गणपति गिफ्ट एण्ड सपले तिहारका लागि माला बिक्री गरिरहेको छ । यहाँको पसलमा सयपत्री, गोदावरी, मखमली गरी तीन प्रकारका फूलबाट भाइटीकको माला बनाइन्छ । पसलका सञ्चालक शिव मर्हजनकाअनुसार तीन प्रकारका फूलमा गुलाव, जरी र…
एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता !
पर्वत : पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो ।…
यम पञ्चक सुरु : भाइटीकाको साइत कात्तिक १० गते ११:३७ बजे
काठमाडौँ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस…
कोजाग्रत पूर्णिमा आज : दशैंलाई बिदा, लक्ष्मीको स्वागत
काठमाडौं : आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ ।…
आसिफको शतकमा नेपालको सानदार जित
काठमाडौं : ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ । २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका…
प्रिन्स र रशिलालाई उपाधि
काठमाडौं : रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–…
कमिसन कटौतीको विरोधमा ग्याँस उद्योगहरूले आजबाट रोके बिक्री
काठमाडौं : नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्याँस उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् । कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त…
सम्बन्ध विच्छेद गरेका महिलाले अर्को बिहे गरेमा पहिलेको अंश फिर्ता गर्नुपर्ने
काठमाडौं : नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ । मुलुकी देवानी संहिता ऐन– २०७४ को संशोधन प्रस्ताव अघि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न…
निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित
काठमाडौं : नेपाल नर्मिाण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट ७६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका लागि सिंहसँगै निकोलस पाण्डे र हुमनाथ कोइराला पनि प्रतिष्पर्धी थिए । सिंहले ७६५ मत…
कोरियन भाषा परीक्षाको आवेदन १४ चैतदेखि खुल्ने
काठमाडौं : कोरियन भाषा परीक्षा (इपिएस टपिक)का लागि आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो । १८ वर्ष पूरा भई ३९ वर्ष…
प्रेस युनियनको महाधिवेशन जेठमा
काठमाडौं : नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा हुने भएको छ । युनियनको आइतबार बसेको बैठकले जेठ १३ र १४ गते हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ समिति समेत…
प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेश गरेका हुन् । १ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता…
