समाचार Archives | Page 17 of 122 | नेपालमाला

 

नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को अवसरमा शुभकामना दिँदै उनले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन्। ‘निरङ्कुश शासनको…

कसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा ?

 काठमाडौं : बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा चल्न थालेको छ । वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको सूचना जारी गरेका छन् । तर यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने उनीहरुले खुलाएका छैनन् । विहीबार…

आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊ : मानव अधिकार आयोग

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट मानवीय क्षतिसमेत भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो ।…

डा.शेखर कोइरालाको प्रस्ताव : राजनीतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलौं

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले राजनैतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। आइतबार मोरङको बुढीगंगा गाँउपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता डा.कोइरालाले निर्वाचन प्रणाली सुधार र आर्थिक विकास…

कांग्रेसका भ्रातृ संस्थामा जम्बो तदर्थ समिति, महाधिवेशन अनिश्चित

काठमाडौं : नेपाली कांग्रेसका १३ भ्रातृ संस्था ११ वटा तदर्थ समितिमा मार्फत सञ्चालन भइरहेका छन् । महाधिवेशन गरेर निर्वाचित समितिका रुपमा क्रियाशील एक्लो भ्रातृ संस्था मुस्लिम संघ छ भने ठाकुर समाज नेतृत्वविहीन छ । भ्रातृ संस्थाको अधिवेशन गरेर निर्वाचित अध्यक्ष…

फेरि उकालो लाग्यो सुन, एकैदिन १४ सय बढ्यो

काठमाडौं : सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख…

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

 काठमाडौं : यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुधबार…

पुनमलाई स्पेशल अवार्ड

काठमाडौं : आयोजक प्रतिष्ठानले उद्घाटनका अवसरमा भलिबल खेलाडी पुनम चन्दलाई स्पेशल अवार्डबाट सम्मान गरेको छ । पुनमलाई आफ्नो खेल कौशल र महिला भलिबलको क्षेत्रमा पु¥याएको योगदान भावी खेलाडीका लागि पनि अनुकरणीय हुने भन्दै सम्मान गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका…

हात्ती उपहारबाहेक कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं : नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । यी सबै कार्यक्रमहरु राजा थानी…

नेपालसँग सहयोगका क्षेत्र बढाउन कतार प्रतिबद्ध

काठमाडौं  : अति विशिष्ट पाहुना बनेर आएका कतारका राजा तमिम बिन हमाद अल थानीसँग राष्ट्रपति रामचन्द्र पौडेलले इजरायल–हमास युद्धका क्रममा अपहरणमा परेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। इजरायलको गाजा क्षेत्रमा गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा…

१५० जनाको भ्रमण दलसहित कतारी अमिर काठमाडौंमा

काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय…

कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा

काठमाडौं : कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख…

पहाडी क्षेत्रमा वर्षा हुने, पश्चिम तराईमा हावाहुरीको सम्भावना

काठमाडौं : आज देशका केही भू-भागमा मौसम आंशिक बदली भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू-भागका…

आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौं : आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र…

निर्वाचन आचारसंहिताविपरीत काम गरे तत्काल कारवाही

काठमाडौं : निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी  आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ। प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं…

दिपेश पुनमाथि सुन प्रकरणमा पनि अनुसन्धान हुने

काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेर इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका पुनमाथि अनुसन्धान गर्नु भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्राचार गरेको छ ।…

नागढुंगा टनेल : नेपालमा सुरुङ यात्राको प्रस्थानविन्दु

काठमाडौं : सडक यातायात प्रयोजनमा प्रयोग गर्ने सुरुङ मार्गमध्ये नेपालको पहिलो र सबैभन्दा लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ (छिचोलिएको) छ । संघीय राजधानी काठमार्डौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा निर्माणाधीन यो सुरुङमार्गको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा…