काठमाडौं : आज कोशी, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावले देशभर आंशिकदेखि साधारणतया…
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने
काठमाडौँ : कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाए शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशन अवरुद्ध पार्ने चेतावनी दिएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बुधबार बसेको बैठकले समिति बनाउनुपर्ने पूर्वअडानबाट पछि नहट्ने बरु…
कोशी, मधेस वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने
काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको…
प्रदेश प्रमुखबाट असंवैधानिक काम भयो : मुख्यमन्त्री कार्की
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्काे सरकार गठनको आह्वान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रदेश प्रमुखको कदम विरुद्ध मुख्यमन्त्री कार्की सर्वाेच्च अदालत जाने तयारीमा छन् । २७ असोजमा…
थप महंगियो अष्ट्रेलिया अध्ययन, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि
काठमाडौं : अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको हो । शुक्रबार १० मे देखि…
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्दै
विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका…
मातातीर्थका रोचक दुई किंवदन्ती के तपाईंलाई थाहा छ ?
काठमाडौं : आमाको मुख हेर्ने दिन, काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ । आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने…
आगामी तीन दिन कहाँ – कहाँ हुँदैछ वर्षा ?
काठमाडौं : नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी तीन दिन हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। मंगलबार दिउँसो…
जसपा फुटेपछि किन अलमलिए माधव नेपाल ?
काठमाडौ : सत्तारुढ घटक एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला निराधार भएको निर्णय सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको भोलिपल्ट (सोमबार) बोलाइएको संसदीय दलको बैठकले हल्लाको पछाडि नलाग्न आग्रह समेत गरेको छ । ‘… संसदीय दल…
चोरले एक तोला सुन निलेपछि…
पाँचथर : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी…
गण्डकी प्रदेशका सभामुखको असंवैधानिक कदमविरुद्ध अदालत जान्छौं : कांग्रेस
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिएका छन्। गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्। सभामुख धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले सभामुखको कदम…
बागमतीमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजमा
काठमाडौं : बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । यो खुसियालीमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । गत बुधबार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ…
नेपालीको औसत आयु ७१.३० वर्ष, पुरुषभन्दा धेरै बाँच्छन् महिला
काठमाडौं : नेपालीको औसत आयु ७१ वर्ष नाघेको छ । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयु ७१.३० वर्ष पुगेको हो ।कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत आइतबार जनसांख्यिक सूचकहरू र जनसंख्या साक्षरता पुस्तक सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार नेपालीको कुल औसत…
मनसुनको प्रक्षेपण : दक्षिण एसियाली देशमा अधिक वर्षा
काठमाडौं : यस वर्षको मनसुन अवधिमा दक्षिण एसियाली देशहरुमा सामान्यदेखि अधिक वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ । भारतको पुणेमा अप्रिल अन्तिम साता आयोजित दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ)को बैठकले सो प्रक्षेपण सार्वजनिक गरेको हो । दक्षिण एसियाली देशका मौसमविदहरु…
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
ललितपुरको पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलाई सहकारी मन्त्रालयले २०८० साउन १ मा समस्याग्रस्त घोषणा गर्यो। सहकारी विभागका तत्कालीन रजिस्ट्रार नमराज घिमिरेले २०७९ फागुन २९ मै सहकारीलाई समस्याग्रस्त घोषणाको सिफारिश गरे पनि फाइल मन्त्रालयमा रोकिएको थियो। पशुपति सेभिङले रकम फिर्ता…
काठमाडौं विश्वमै प्रदूषित सहर
काठमाडौं : काठमाडौं बिहीबार साढे तीन बजेसम्म विश्वको छैटौं प्रदूषित देशको सूचीमा थियो। स्विट्जरल्यान्डस्थित हावाको गुणस्तर निगरानी गर्ने संस्था (आइक्यु एयर) को अनुसार त्यतिबेला यहाँको (एयर क्वालिटी इन्डेक्स) हावाको गुणस्तरको मात्रा १२९ थियो। जुन संवेदनशील समूहका लागि नराम्रो मानिन्छ। तर,…
के गर्दैछन् कांग्रेसका २६ शुभेच्छुक संस्था ?
काठमाडौं : आफूलाई मासबेस्ड अर्थात् जनआधारित पार्टी भन्दै आएको नेपाली कांग्रेसले कतिपय संगठन संरचना भने कार्यकर्ता–आधारित कम्युनिस्ट पार्टीहरुजस्तै बनाएको छ । तिनलाई भ्रातृसंस्था भन्ने गरिन्छ । त्यस सँगै कांग्रेसले २६ वटा शुभेच्छुक संस्था पनि गठन गरेको छ, जसमा पार्टीको मोटामोटी…
