काठमाडौ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एतिहासिक धरहरा पुनःनिर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ । आज धरहराको पुनःनिर्माणबारे स्थलगत अवलोकनको क्रममा प्रमुख ज्ञवालीले अहिलेकै अनुरुप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न…
नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा
दमौली : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत…
विद्युतीय रेलमार्गको ट्रयाक निर्माण तीव्र
वीरगञ्ज : पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक निर्माणको कार्यलाई ठेकेदार कम्पनीले तीव्रता दिएको रेल्वे विभागका इञ्जिनीयर सुमोद पोखरेलले राससलाई बताउनुभयो…
हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न माग
काठमाडौ : नेपाली काँग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्ने विषयमा चीन सरकारसँग आवश्यक प्रयास गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी नेपालीलाई हङकङमा भिसा व्यवस्था नभएकाले…
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
काठमाडौ : बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उहाँले घडी हेर्नुभयो र भन्नुभयो, “सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन ?” तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उहाँले नै हामीलाई बिहान…
दाङ खाद्यान्नमा आत्मनिर्भर
तुलसीपुर : दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख…
हिउँदे अधिवेशनमा २७ विधेयक
काठमाडौ : विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद्को यस पाँचौँ अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय…
राष्ट्रियसभा निर्वाचनमा भाग लिन ११ दलको निवेदन
काठमाडौ : राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचन प्रयोजनका लागि ११ रानीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार, निवेदन दिने दलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी र राष्ट्रिय…
चिसोबाट जोगाउन टीकापुरमा आगो ताप्ने व्यवस्था
धनगढी : केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आजबाट आगो ताप्ने व्यवस्था गरिएको छ । स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क रुपमा दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो…
मोटरसाइकल चोरी गर्ने ११ पक्राउ
काठमाडौ : नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न स्थानबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक…
एमसीसी संसद्बाट पास हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौ : सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबारबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनले एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय…
नौमती बाजामा महिलाको आकर्षण
काठमाडौ : महिलाले बाजा बजाउन हुन्न भन्ने परम्परागत धारणालाई अन्त्य गर्न महिलाको एउटा समूहले नौमती बाजामार्फत समाजमा सशक्तीकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चैबाजाको संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनका अभियानमार्फत अघि बढेका हुन् । नौमती…
काठमाडौंमा दुर्गन्धको त्रास
काठमाडौ : काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन कार्य थप चुनौतीको विषय बनेको छ । फोहर व्यवस्थापन कार्यमा सहयोग गर्दै आएको लगानी बोर्ड पनि पछि हटेकाले अहिले सिसडोलमा फोहर व्यवस्थापनको क्षमता सकिएको र बञ्चरेडाँडामा ल्याण्डफिल्डसाइटको पूर्वाधार तयार भइनसकेकाले महानगरका लागि चुनौती भएको…
काँग्रेस केन्द्रीय समिति बैठक स्थगन
काठमाडौ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको लागि निर्धारित बैठक बस्दै नबसी स्थगन भएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्थासम्बन्धी विषयमा आन्तरिक सहमतिको प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो…
नेकपा स्थायी कमिटी बैठक : सरकार र पार्टीलाई प्रभावकारी बनाउन जोड
काठमाडौ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको चौथो बैठक चौथो दिन आज पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालय, धूम्रबाराहीमा भएको बैठकमा आज…
विभिन्न मुलुकमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि र तीन मुलुकका आवासीय नेपाली राजदूतलाई विभिन्न मुलुकको गैरआवासीय राजदूतमा आज नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गरिएको हो…
नमोबुद्धमा इँटा उत्पादन बन्द
काभ्रे : उच्च अदालत पाटन, ललितपुरको आदेश अवज्ञा गर्दै इँटा उत्पादन तथा बिक्री वितरण थालेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित रहेको सत्यनारायण ब्रिक इण्डष्ट्रिज प्रालिले नगरपालिका कार्यालयको आदेश मानेको छ । उच्च अदालतको नमोबुद्धमा रहेका आठ इँटा उद्योगलाई कुनै पनि कार्य नगर्न…
