मनोरञ्जन Archives | Page 2 of 6 | नेपालमाला
मिस नेपालका अन्तिम २४ प्रतिस्पर्धी घोषणा

काठमाडौं : मिस नेपाल २०२२ का अन्तिम २४ जना प्रतिस्पर्धी घोषणा भएको छ । आइतबार आयोजित ‘सास सेरेमोनी’मा प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरियो । पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान…

‘टुल्की’को प्रदर्शन मलेसिया र सिंगापुरबाट

काठमाडौं : हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ मलेसिया र सिंगापुरबाट सार्वजनिक गरिने भएको छ । चलचित्रका निर्माता एवं कलाकार शेखर लामाले असार पहिलो साता मलेसिया र सिंगापुरमा ‘टुल्की’को च्यारिटी सो आयोजना गरिने जानकारी दिए ।…

केजीएफ–२ को रफ्तार : एक सातामै २५० करोड

मुम्बई : दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर–२’ ले बक्स अफिसमा लगातार तहल्का मच्चाउँदै आएको छ । बक्स अफिसमा एकपछि अर्को कीर्तिमान बनाउँदै आएको चलचित्रले रिलिज भएको एक सातामै २५० करोडको कमाइ गरेको हो । ‘केजीएफ च्याप्टर–२’ बक्स अफिसमा सबैभन्दा चाँडो…

केकीले प्रेमी रोहितसँग गरिन् विवाह

 काठमाडौं : अभिनेत्री केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी छन् । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार उनले विवाह गरेकी हुन् । परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा उनीहरुको विवाह कार्यक्रम सम्पन्न भएको हो । फेसबुकमा आफ्नो…

पीडितले बयान फेर्दैमा पल शाहले सफाइ पाउँछन् त ?

काठमाडौं : कलाकार पल शाहबाट श्रृङ्खलाबद्ध बलात्कार भएको भनिएकी नाबालिका एक गायिकाले अदालतमा बयान फेरिन् । आफूमाथि पटक–पटक बलात्कार भएको भनेर प्रहरीमा बयान गरेकी ती गायिकाले अदालतमा बयान दिंदा भने आफूमाथि कुनै ‘घटना’ नभएको बताएकी हुन् । प्रहरीमा दिएको जाहेरी…

गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट

काठमाडौं : गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् ।…

रणवीर–आलियाले लिए सात फेरो

मुम्बई : बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन् । मुम्बईको बास्तु अपार्टमेन्टमा आयोजित भब्य समारोहकाबीच आलिया र रणवीर विवाह बन्धनमा बाँधिएका हुन् । दुई चर्चित कलाकारको विवाहमा कपुर परिवार र भट्ट परिवारको बाक्लो उपस्थिति…

भुवन केसीले भने- काठमाडौंको मेयरमा उठ्दिन

काठमाडौं : अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट आफू काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् । आफूलाई मेयर पदको उम्मेदवार बनाउने उक्त पार्टीको निर्णयलाई भने उनले साहसिक कदम भनेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै…

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं : अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले…

पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग

काठमाडौं : अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ । जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको…

एउटा सच्चा कमरेडको कथा हो ‘पीर’, यसमा कुनै राजनीतिक पूर्वाग्रह छैन : प्रकाश सपुत

काठमाडौं : गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिएका छन् । आफ्नाे कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ । सपुतले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम…

पलको बयान : जबर्जस्ती गरेको होइन, गुडनाइट भनेर फर्किएको हुँ

काठमाडौं : एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ ।उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ । उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो…

प्रकाश सपुतको ‘पिर’लाई बाबुराम भट्टराईको समर्थन

काठमाडौं : प्रकाश सपुतको  ‘पिर’ शीर्षकको म्युजिक भिडिओले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला जनयुद्धकै एक शीर्ष नेता डा. बाबुराम भट्टराईले भने समर्थन गरेका छन्। माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा…

प्रकाश सपुतको ‘पीर’ले माओवादीको टाउको दुखाइ, माफी मागेर युट्युवबाट हटाउन चेतावनी

काठमाडौं : गायक प्रकाश सपुतको भरखरै सार्वजनिक भएको ‘पीर’ बोलको गीत विवादीत बनेको छ । माओवादी जनयुद्धका पीडितहरुको कथामाथि बनेको उक्त गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेताहरुले विरोध जनाएका छन् । गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज  नेता राम प्रसाद…

मिस वर्ल्डको ग्रान्ड फिनालेमा भाग लिन नम्रता अमेरिका प्रस्थान

काठमाडौं : मिस वर्ल्डको ग्रान्ड फिनालेमा भाग लिन नेपालकी सुन्दरी नम्रता श्रेष्ठ अमेरिका प्रस्थान गरेकी छन् । कोरोना भाइरसको महामारीले रोकिएको यो वर्ल्ड इभेन्टमा ४० जना प्रतिस्पर्धीले सहभागिता जनाउन पाएकोमा त्यसमा नम्रता पनि छानिएकी थिइन् । आगामी मार्च १६ र १७…

लोकप्रियताको शिखर चढ्दै अनमोल–सुहानाको ‘सुन्तला’ गीत

काठमाडौं : नयाँ वर्षको अवसरमा आगामी वैशाख १ गते रिलिज हुने नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को ‘सुन्तला’ बोलको गीत लोकप्रियताहासिल गरेको छ । फागुन २४ गते रिलिज गीतलाई अहिलेसम्म करिब आठ लाखले हेरिसकेका छन् । गीतमा फिल्मका मुख्य कलाकार…

आलिया भट्टको हलिउड पाइला

काठमाडौँ — बलिउड अभिनेत्री आलिया भट्टले हलिउड फिल्म खेल्ने भएकी छन् । नेटफ्लिक्सको आगामी स्पाई थ्रिलरमा आलिया गल गडोट र जेमी डोर्रनानसँगै देखिनेछिन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार टम हार्परको निर्देशनमा बन्न लागेको फिल्म ‘हार्ट अफ स्टोन’बाट आलियाले हलिउड डेब्यु गर्नेछिन् ।…