विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त गरेका हुन्। एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाको सनाखत सकिएपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआएपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । काग्रेसबाट विद्रोह गर्दै डाक्टर शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआएको हो।
संविधानको धारा १६८ को ५ अनुसार प्रदेश प्रमुखले दिएको समयमा दुई जनाको दाबी पेस भएपछि हस्ताक्षर सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयले आज दुवै पक्षलाई बोलाएको थियो । माओवादी केन्द्रका एक सांसदले दाबी नपुग्ने अवस्था भएपछि सनाखतका लागि नआएको जानकारी दिए ।

नेपालमाला
