काठमाडौ : पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो ।
दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने बर्तौलाले बताए । क्षतिको थप विवरण आइनसकेको बर्तौलाले जानकारी दिए ।
जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।
जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन । वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

नेपालमाला
