काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुँदैछ । मतदान भने बुधबार बिहान हुनेछ ।दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।
उम्मेदवारलाई मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको निर्वाचन समिति संयोजक भिष्मराज आङदम्बेले जानकारी दिए । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायत दावेदार छन् । थापा र कोइराला पक्षबीच साझा उम्मेदवार कायम गर्ने विषयमा छलफल जारी छ ।
मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली मंगलबार अपराह्न साढे ३ बजे प्रकाशन हुनेछ । त्यसमा दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
दाबी विरोधमा जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन साढे ४ बजे हुने छ । उम्मेदवारको नाम फिर्ता लिने समय साढे ४ बजेदेखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंगलबार बेलुकी पौने ६ बजे हुने कार्यतालिका निर्धारण गरिएको छ । मतदान भने भोलि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहरदरबारमा हुने छ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।
कुन सांसद कुन पक्षमा ?
कांग्रेस संसदीय दलमा अहिलेसम्म संस्थापन पक्षमा ५०, इत्तर समूहमा ३२ र कतै नखुलेका ७ जना देखिएका छन्।
प्रष्ट नखुलेका ७
रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, दीपक खड्का, प्रदीप पौडेल
संस्थापन पक्ष ५०
शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, किशोरसिंह राठौर, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, अञ्जनी श्रेष्ठ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजू राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन
कोइराला–थापा समूह ३२
डा. शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल र विश्वप्रकाश शर्मा

नेपालमाला
