काठमाडौं : यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।
नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, संघका प्राविधिक सल्लाहकार टिकाप्रसाद लिम्बू, संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय पुम्से टिम तयारी उपसमितिका संयोजक सुनील राजकर्णिकार, केन्द्रीय सदस्य एवं पुम्से रेफ्री उपसमितिका संयोजक बब्लु सिवाकोटी र केन्द्रीय सदस्य एवं जुनियर टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले बिदाइ गरे ।
खेलाडीलाई सफलताको शुभकामना दिँदै अध्यक्ष राणाले च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने बताए ।
Previous Article

नेपालमाला
