क्यानडा : नेपाली युवा उद्यमीद्वारा क्यानडामा स्थापित ‘होमलाईफ ट्वान्टी फोर सेभेन रियल्टी’ले आफ्नो प्रथम वार्षिकोत्सव तथा अवार्ड वितरण कार्यक्रम एक भब्य समारोहका बीच सम्पन्न गरेको छ। गत शुक्रबार अप्रिल १५ का दिन आयोजित अवार्ड वितरण कार्यक्रम मिसिसागास्थित होटल ¥याडिसन सम्पन्न भएको थियो।
अवार्ड वितरण समारोहमा स्थापनाको पहिलो वर्ष अर्थात् साल २०२१ भर उत्कृष्ट कार्य सम्पादन गर्ने ‘होमलाईफ ट्वान्टी फोर सेभेन’का रियल्टरहरुलाई विशेष सम्मान प्रदान गर्नुका साथै विविध श्रेणीका अवार्ड पनि वितरण गरिएको थियो। अवार्ड ‘होमलाईफ ट्वान्टी फोर सेभेन’का संथापक तथा ‘ब्रोकर अफ रेकर्ड’ सुनन्द सुवेदीलगायत अर्का संथापक पुण्य शाही र बटाला कर्णले पालैपालो वितरण गरेका थिए।
समारोहमा वितरित विभिन्न अवार्डहरुमध्ये सबैभन्दा महत्त्व र शीर्ष स्थानको अवार्ड ‘सुपर ईलाइट क्लब’ भने कम्पनीकी सक्रिय रियल्टर अमृता शाहले जितेकी छन्। सर्वोत्कृष्ट उपाधि विजेता शाहलाई प्रा.डा. तुलसी धरेलले अवार्ड हस्तान्तरण गर्नुभएको थियो।
त्यसैगरी अर्को महत्त्वपूर्ण अवार्ड ‘ग्रान्ड मास्टर क्लब’ कम्पनीका अर्का संस्थापकद्वय कर्ण बटाला र केबी भण्डारीले प्राप्त गरे । ‘सुप्रिम क्लब’ अवार्ड संथापकमध्येकै अर्का रियल्टर हेमराज पाण्डेले सुरक्षित गर्न सफल भए।

‘रुक्की अफ द एयर’को अवार्ड प्राप्त गर्नेमा रियल्टर विमल बस्नेत, उत्सव शर्मा र करण सोंधी रहे भने ‘प्रिमियर क्लब’को अवार्ड कम्पनीकै अर्का संथापकद्वय पुण्य शाही र सुनन्द सुवेदीका अलावा रियल्टर मनिष श्रेष्ठ, अर्पण तामाङ र पर्शु गिरीले प्राप्त गरे।
नयाँ एजेन्टतर्फ विस्मिता पराजुली, डियो लिम्बू, हरि खत्री, राम चौहान, सिद सिद्धु, टोस्टराज कार्की, उत्तम श्रेष्ठ, सुवर्ण ओली, हर्जोत भुलार, राघव चौहान, शान्तम खड्का, शाजी कोशी, कृति खड्का र ईश्वर थापा सम्मानित भए। त्यसैगरी क्म्पनीका डिल सेक्रेटरी समुन्द्र मानन्धर र ग्राफिक डिजाइनर हेम परियारलाई पनि सम्मानित गरिएको थियो।
पुरस्कार बितरणको सन्दर्भमा अर्को महत्त्वपूर्ण पक्ष भनेको कम्पनी आफैले प्राप्त गरेको दुई ठूला उपलब्धि थिए। ब्रोकर अफ रेकर्ड एवं कम्पनीका संथापकमध्येका एक सुनन्द सुवेदीले नर्थ अमेरिकाको रियल स्टेटको क्षेत्रमा निकै प्रतिष्ठित कम्पनी होमलाईफसँग आबद्ध आफ्नो कम्पनी ‘होमलाईफ ट्वान्टी फोर सेभेन रियाल्टि’ले मूल फ्रेन्चाइज कम्पनी ‘होमलाईफ’ को तर्फबाट आफ्नो कम्पनीले स्थापनाको छोटो अवधिमा नै प्राप्त गर्न सफल भएको ‘मोस्ट प्रडक्टिभ अफिस इन क्यानडा’ (ग्रस सेल्स कमिसन १–१५ सेल्स रिप्रेजेन्टेटिभको आधारमा) र ‘मोस्ट प्रडक्टिभ अफिस इन क्यानडा’ (१–१५ सेल्स रिप्रेजेन्टेटिभ – डिल्स÷ईन्ड्सको आधारमा) जस्तो दुईवटा महत्वपूर्ण अवार्डको बारेमा जानकारी गराउँदा कार्यक्रममा सहभागी सबैको तालीको गडगडाहतले हल गुञ्जयमान भएको थियो।
सुवेदीले होमलाईफ ट्वान्टी फोर सेभेनले अबका दिनहरुमा घरजग्गा खरिदबिक्रीमा मात्र नभई, ‘लङ्ट्रम इन्भेस्टमेन्ट’को क्षेत्रतिर पनि ध्यान दिने र ‘ग्रुप इन्भेसमेन्ट’मा पनि लिड गर्ने बताउनु भयो। स्मरणय रहोस् होमलाईफ ट्वान्टी फोर सेभेनले केही अघि हेमिल्टनमा एक सय पचास एकडको जमिन खरिद गरिसकेको छ।
त्यसैगरी पुरस्कार वितरणसहितको औपचारिक कार्यक्रमसँगैसँगै सांगीतिक र साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली र हिन्दी गीतमा विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। चिनिया संगीत र नृत्य समारोहकै सबैभन्दा पृथक र आकर्षक प्रस्तुति थियो।
सांगीतिक कार्यक्रमको सबैभन्दा मुख्य आकर्षणको बिन्दु भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर थिए। उनको गायन र प्रस्तुतिले अवार्ड समारोहको माहोल निकै तातेको थियो। उनको साँगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागी सबैलाई छमछ्मी नचाएको थियो। कार्यक्रममा करिव तीन सय जतिको सहभागिता थियो।

नेपालमाला
