काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी युवा बलर सन्दीप लामिछानेलाई दिने निर्णय पनि गरेको छ । सन्दीप अहिले अस्ट्रेलियामा बिग बास लिगमा व्यस्त छन् ।
क्यानले कप्तान मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय गरेको हो । खेलाडीको केन्द्रीय सम्झौताका विषयमा कप्तान मल्लसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले गुनासो गरेका थिए । उनीहरुले सेन्ट्रल कन्ट्याक्टका लागि गरिएको वर्गीकरण व्यवहारिक नभएको गुनासो गरेका थिए ।
त्यही विषयलाई लिएर क्यानले चारै खेलाडीसँग स्पष्टिकरणसमेत सोधेको थियो । खेलाडीको स्पष्टिकरण चित्तबुझ्दो नभएको र उनीहरुले आचारसंहिता पालना नगरेको भन्दै क्यानले कारवाही गरेको हो ।
क्यानले चार जना खेलाडीलाई ६ महिना सेन्ट्रल कन्ट्याक्टमा समावेश नगर्ने निर्णय गरिएको क्यानका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए । ‘कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडीलाई आगामी ६ महिना सेन्ट्रल कन्ट्याक्टमा समावेश नगर्ने निर्णय गरिएको छ’, कार्यवहाक सचिव मल्लले भने, ‘उनीहरुलाई खेल्नबाट भने रोकिने छैन । उनीहरुले खेल्न चाहिँ पाउने छन् ।’
Previous Article
कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना आजै हुने
Next Article

नेपालमाला
