काठमाडौं : बारा जितपुर सिमरा उपमहानगरपालिका–१५ की २३ वर्षीया सुष्मा मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ऐतिहासिक महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् ।
सुष्मा राप्रपाको ऐतिहासिक महाधिवेशनमा बारा क्षेत्र नम्बर ३ को ‘क’बाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएकी हुन्।
कानुनकी विद्यार्थी सुष्मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकी उपाध्यक्ष पनि हुन् । उनले विद्यार्थी संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि झन्डै ३ वर्ष भएको छ।
उनी सामाजिक परिवर्तन र देश विकासका लागि सक्षम युवाशक्ति राजनीतिमा लाग्नुपर्ने बताउँछिन् । ‘शिक्षित, लगनशिल र सकारात्मक सोच भएका व्यक्ति राजनीतिमा आउनुपर्छ । समाज परिवर्तन गर्ने भनेकै युवापंक्तिले हो’, उनी भन्छिन्, ‘राजनीति फोहरी खेल हो भन्ने मान्यतालाई नयाँपिढींले चिर्दै लग्नु पर्छ ।’ उनी आफू सरहका साथीहरुलाई पनि राजनीतिमा चासो राख्ने मात्र होइन, राजनीतिमा लागेर वषौैंदेखि राजनीतिलाई हेर्ने दृष्टिकोणलाई पनि परिवर्तन गर्नुपर्नेमा जोड दिन्छिन् ।
Previous Article
कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा दोहोरिए बानियाँ
Next Article

नेपालमाला
