चितवन : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनको सौराहमा जारी महाधिवेशनमा अध्यक्षमा ओलीले उम्मेदवारी दर्ता गराएका हुन्। ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन्।
गएराती ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई पार्टीको महासचिवमा प्रस्ताव गरेका थिए। केपी ओलीले उम्मेदवारी दर्ता गराएसँगै अब उनी भीम रावलसँग प्रतिष्प्रधा गर्नेछन्। ओलीले सहमतिका लागि रावललाई मनाउने प्रयास गरेपनि उनी टसकोमस भएनन्। अन्त: एमाले अध्यक्ष पदमा ओली र रावल भीड्ने भएका हुन्।
नेता रावलले आइतबारदेखि नै आफ्ना महाधिवेशन प्रतिनिधिसँग भोट माग्न सुरु गरेका थिए। सोमबार बिहान अध्यक्ष पदका लागि एमाले नेता भीम रावलले उम्मेदवारी दर्ता गराइसकेका छन्।

नेपालमाला
