ग्रास्गो : चेक रिपब्लिकले १६औं संस्करणको युरोकप फुटबलमा सुखद सुरुवात गरेको छ । ह्याम्पडेन पार्कमा भएको खेलमा स्कटल्यान्डलाई २–० गोलले पराजित गर्दै चेक रिपब्लिकले विजयी सुरुवात गरेको हो ।
चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक सिकले दुवै गोल गरे । खेलको ४२औं मिनेटमा प्याट्रिकले हेड गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२औं मिनेटमा स्कटल्यान्डका गोलरक्षक डेभिड मार्सल अघि बढेको मौकामा प्याट्रिकले उत्कृष्ट गोल गर्दै चेक रिपब्लिकलाई सानदार जित दिलाए । उनले सेन्टरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
खेलमा स्कटल्यान्डले पनि गोलका केही अवसर बनाएको थियो । तर, पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । यस जितसँगै समूह ‘डी’मा रहेको चेक रिपब्लिकले महत्वपूर्ण तीन अंक जोडेको छ । चेक रिपब्लिक समूहको शीर्ष स्थानमा छ । यस समूहमा तीन अंक नै जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्ड र क्रोएसियाले भने अंक जोड्न सकेका छैनन् ।
Previous Article

नेपालमाला
