काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घन्टामा थप ६ हजार ८२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गराएका २१ हजार ७७३ नमूना परीक्षणमा ६ हजार ८२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १८ हजार ५६२ पीसीआर र ३ हजार २११ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा सो संख्यामा भाइरस संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७५ जनाको ज्यान गएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको छ। मन्त्रालयका अनुसार बिहीबार ५ हजार ९०४ जना कोरोनामुक्त भएका छन्। हाल १ लाख १८ हजार ३९ जना कोरोनाका सक्रिय संक्रमित छन्।

नेपालमाला
