काठमाडौं : युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वेन्टी क्रिकेट ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । सीपीएलले मंगलबार सन्दीप लामिछानेको भिडियो राख्दै नाइट राइडर्सबाट खेल्ने पक्का भएको जनाएको हो ।
काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्स सीपीएलको साविक विजेता टोली हो । गत वर्ष प्रतियोगिता अवधिभर अपराजित रहँदै नाइट राइडर्सले उपाधि जितेको थियो ।
सन्दीपलाई जमैका तलावाजले फुकुवा गरेपछि नाइट राइडर्सले अनुबन्ध गरेको हो । गतवर्ष सन्दीपले जमैका लतावाजबाट सीपीएल खेल्दै ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीपलाई अक्सनमा जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।
जमैकाले २०२१ को लागि टोलीमा अलराउन्डर आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, फिडेल एडवार्ड्स, चाडविक वाल्टनलगायतलाई राख्दै अन्यलाई फुकुवा गरेको थियो । सन्दीप पनि फुकुवा सूचीमा परेका थिए । सन्दीपले त्यसअघि सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए ।
नाइट राइडर्समा कप्तान पोलार्डसहित सुनील नारिन, ड्वेन ब्राभो, कोलिन मुन्रो, ड्वेन ब्राभो, दिनेश रामदिन, लेन्डे सिमोन्स, एन्डरसन फिलिप, अलि खान, सिकन्दर राजालगायतका खेलाडी छन् । सीपीएल आगमी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किड्स एन्ड नेभिसमा हुँदैछ ।
Previous Article

नेपालमाला
