काठमाडौं : नेपालमा कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको छ। दिनप्रतिदिन संक्रमित र मृत्यु दर बढिरहेको छ। पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ९१४ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ९१४ जनामा संक्रमण पुष्टि गरेको हो। जम्मा १८ हजार ९६५ नमूनाको परीक्षण गराउँदा ७ हजार ९१४ जनामा संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबा थप १९३ जनाले ज्यान गुमाएका छन्। शनिबार मात्रै कोरोनाबाट १२९ जनाको मृत्यु भएको थियो। यस्तै १ लाख १५ हजार ५४७ जना कोरोनाका सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन्। ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाडौंमा गरी २ हजार ८२१ जनामा कोरोना संक्रमण देखिएको हो।

नेपालमाला
