काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा २५९ जना र ललितपुरमा ४०० जना कोरोना संक्रमित भेटिएका छन् ।
शुक्रबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी ८,६०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
जसमध्ये १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।
संक्रमितमध्ये १ लाख ८ हजार ४९५ जना होम आइसोलेसनमा र ७ हजार ६९७ जना संस्थागत आइसोलेसनमा छन् । शुक्रबारसम्म १ हजार ७१६ जना आईसीयूमा र ५११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमाला
