काठमाडौं : पूर्वरानी कोमल शाह कोरोनामुक्त भएकी छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह शुक्रबार अपरान्ह ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
संक्रमण देखिएसँगै २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित तीनै जना अस्पताल भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।
उनको सुरुमा आइसियूमा हाई फ्लो अक्सिजनमा उपचार गरिएको थियो । हाई फ्लो अक्सिजन दिँदा पनि स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि प्लाज्मा थेरापीबाट उपचारगरिएको थियो । सुरुमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा राखिएको थियो ।

नेपालमाला
