कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २० हजार ६५३ निको भएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments