काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टी नेतृत्वमा नयाँ सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको छ।
शुक्रबार दिउँसोका लागि बोलाइएको केन्द्रीय समिटी बैठकअघि भएको शीर्ष नेताको छलफललले सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको हो।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताको छलफलको छलफलले सरकार गठनका लागि अग्ररता लिने सहमति गरेको हो। शीर्ष नेताले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति भएको एक नेताले जानकारी दिए।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने अहिले पनि केन्द्रीय समिति बैठक जारी रहेको जानकारी दिए। शर्माले बैठक जारी रहेको र प्रस्तावमाथि छलफल भइरहेको बताए।

नेपालमाला
