काठमाडौं : भारतले कोरोना भाइरस ९कोभिड(१९०विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ । पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।बीबीसीका अनुसार अक्सफर्ड(आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ । भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।
भारतले १० लाख डोज खोप निशुल्क सहयोग गरेका कारण नेपालमा पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुनसक्ने देखिएको छ । ।

नेपालमाला
