काठमाडौं : पछिल्लो २४ घन्टामा १४५ जनामा कोरोना भाइस (कोभिड-१९) संक्रमण देखिएको छ। ३९ सय ६३ स्वाब पीसीआर गर्दा १४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ।
मन्त्रालयका अनुसार बुधबार ९० जना स्वास्थ्य लाभ गरेका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ।
यस्तै हाल ५२ जना क्वारेन्टाइनमा र ११ सय ८२ जना आइसोलेसनमा छन्।
पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा जोखिम बढेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ।
यस्तै बुधबार बसेको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ ।

नेपालमाला
