काठमाडौं : राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपाल सुपर लिगको फ्रेन्चाइज टिम एफसी चितवनको मार्की प्लेयरमा अनुबन्धित भएका छन् । एफसी चितवनका तर्फबाट सञ्जित ढकालले बुधबार मार्की प्लेयर भरत र प्रशिक्षक मेघराज केसीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भरत विभागीय टोली त्रिभुवन आर्मी क्लका खेलाडी हुन् ।
यसअघि नै धनगढी फुटबल क्लबले विशाल राई र ललितपुरले अञ्जन विष्टलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिसकेको छ । नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी लिग खेल्नेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०७८ बैशाख ११ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ ।

नेपालमाला
