काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ११० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ३९ महिला र ७१ पुरुषमा संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै थप ५३ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा २१ महिला र ३२ पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०२ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ। यस्तै १५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलो ६५ जना क्वारेन्टाइनमा छन् भने १ हजार ६ जना संस्थागत आइसोलेसनमा छन्। १२ जनाको भेन्टिलेटरमा र ४६ जनाको आइसीयूमा उपचार भइरहेको छ।

नेपालमाला
