काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पुरुष ५७ र महिला ३१ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्र ५४ जना छन् । १७ महिला र ३७ पुरुष गरेर उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ भने २ लाख ६९ हजार ७५५ जना डिस्चार्ज भएका छन् । १५ सय ३५ जना सक्रिय संक्रमित भएको नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ । मन्त्रालयका अनुसार अहिले ७१ जना क्वारेन्टाइनमा छन्।

नेपालमाला
