वरिष्ठ खेल पत्रकार अर्याल सम्मानित

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का वरिष्ठ खेल पत्रकार दामोदर अर्याल सम्मानित भएका छन् । नेपाल ब्यायाम मन्दिरले साधारणसभाका दौरान राखेपका खेल पत्रकार अर्यालसँगै नेपाल समाचारका कविरस शर्मालाई सम्मान गरको हो ।
पत्रकारिताको माध्ययमबाट ब्यायाम मन्दिरले गर्दै आएका विभिन्न कार्यक्रमका साथै शारीरिक सुगठनको चर्चित कार्यक्रम धर्मश्रीको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अर्याल र शर्मालाई सम्मान गरिएको हो । उनीहरु दुवैलाई जनही १० हजारबाट सम्मान गरिएको छ । उनीहरुलाई नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सम्मान गरेका थिए ।
सहिद धर्मभक्त माथेमाको स्मृतिमा ब्यायाम मन्दिरले हरेक वर्ष धर्मश्री आयोजना गर्दै आइरहेको छ ।
कोभिड–१९ का कारण अघिल्लो वर्ष हुन नसकेको ब्यायाम मन्दिरको १९औं साधारणसभालाई समेत समेट्दै १९औं र २०औं साधारणसभा एकै पटक आयोजना गरिएको हो । साधारणसभाले महासचिव सूर्यप्रसाद जोशीद्वारा प्रस्तुत वार्षिक कार्यप्रगति विवरण र कोषाध्यक्ष प्रशान्त सिंहले प्रस्तुत गरेको आर्थिक वर्ष ०७५÷७६ र ०७६÷०७७ को आय ब्ययलाई अनुमोदन गरेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments