काठमाडौ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले शिव पौडेलको हत्यामा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएकोमा निन्दा र भत्र्सना गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले
शनिबार एक विज्ञप्ती जारी गर्दै हत्याजस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छित क्रियाकलापलाई प्रोत्साहित गर्ने कार्य दिनप्रति दिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आममाफी दिएको विरोधमा सशक्त भएर लाग्न आग्रह गर्दै अधयक्ष बस्नेतले भनेका छन्, ‘सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न नेपाल तरुण दल केन्द्रिय समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्ती मार्फत निर्देशन गर्दछ ।’ सरकारले फागुन ७ गते सरकारको सिफारिसमा बिभिन्न व्यक्तिहरुलाई आम माफी दिएको थियो ।


नेपालमाला
