काठमाडौं : नेपालमा थप ५७ जना कोभिड(१९ का सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार गत २४ घण्टामा देशभर एक हजार नौ सय जनाको पीसीआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो।
शनिबार काठमाडौं उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ जना सङ्क्रमित भेटिएका छन्। हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमाला
