मुम्बई : मुम्बईको एक क्लबमा प्रहरीले छापा मार्दा दिग्गज भारतीय क्रिकेटर सुरेश रैनालगायत थुप्रै हस्ती पक्राउ परेका छन् ।
कोरोना भाइरसको महामारीपछि लागु गरिएको नियम उल्लंघन गर्दै पार्टी गरेको भन्दै प्रहरीले छापा मारेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार प्रहरीले ३४ जना सेलेब्रेटीलाई पक्राउ गरेको छ ।
तिनमा पूर्व भारतीय क्रिकेटर रैनासहित गायक गुरु रंधावालगायत छन् । प्रहरीले अरु को को सेलेब्रेटी पक्राउ परे भन्ने अहिलेसम्म खुलाएको छैन । उनीहरुलाई पक्राउ गरेर केही समय नियन्त्रणमा राखेर धरौटीमा रिहा गरिएको जनाइएको छ ।
उनीहरुले कोरोनासम्बन्धी नियमको उल्लंघन गर्दै पार्टी परेको प्रहरीको दाबी छ । उनीहरुले मेरियट होटलमा जम्मा भएर पार्टी गरेको प्रहरीले जनाएको छ ।

नेपालमाला
