काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स पाएको छ । आर्मीले लाइसेन्सका लागि आवश्यक मापदण्ड पूरा गरेको भन्दै एएफसीले आर्मीलाई लाइसेन्स दिएको हो ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाइसेन्सका लागि प्रस्ताव गरेका १३ वटा ए डिभिजन क्लबलाई एएफसीले अयोग्य घोषित गरेको थियो । तर, आर्मीले क्लब साइसेन्सका लागि प्रसंशायोग्य काम गरेको भन्दै एएफसीले आर्मीलाई लाइसेन्स दिएको हो ।
एएफसीको निर्देशन बमोजिम आर्मीले क्लब लाइसेन्सका लागि छुट्टै फुटबल क्लब समेत दर्ता गरेको छ । आर्मी एएफसीको क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब समेत बनेको छ । आर्मीसँगै विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब पनि एएफसी क्लब लाइसेन्स लिने अभियानमा छन् । लाइसेन्सका प्राप्तिका लागि क्लबको छुट्टै मैदान, एकेडेमी, खेलाडी अनुबन्ध, मिडिया म्यानेजरलगायत विभिन्न १८ वटा मापदण्ड पूरा गर्नु पर्ने प्रावधान छ । क्लब लाइसेन्स प्राप्त गरेसँगै आर्मीले एएफसीले आयोजना गर्ने प्रतियोगिताहरु खेल्न पाउनेछ ।
Previous Article

नेपालमाला
