काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९०९ जनाको पीसीआर गर्दा ३५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ।
मन्त्रालयका अनुसार आज चार हजार ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको छ।
यो कुल संक्रमितको ७६ दशमलव ७ प्रतिशत हो। २४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेका छन्। उपत्यकामा २४ घण्टामा पुरुष ११ सय ७ र महिला ७८१ गरेर १८ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमाला
