वीरगन्ज ः पर्सामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । शनिबार राति थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या ५०७ पुगेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पीसीआर परीक्षणमा १४ महिला र ३१ पुरुष गरी थप ४५ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु ५ देखि ६० वर्ष उमेरका छन् ।
मेसु उपाध्यायका उनका अनुसार , शनिबार राति संक्रमण पुष्टि भएका ४५ जनामा आफैँले पैसा तिरेर परीक्षण गराएका ७ जना छन् । अरु ३७ जना भने मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् ।
शनिबार राति संक्रमण पुष्टि भएका ४५ जना मध्ये ४३ जना वीरगन्ज महानगरपालिकाका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना , वडा नम्बर ४ का १५ जना , वडा नम्बर १३ श्रीपुरका ४ जना , वडा नम्बर ३ , ८ र १८ का १÷१ जना र वीरगन्ज २५ सिर्सिया सुख्खा बन्दरगारका ५ जनामा शनिबार राति संक्रमण पुष्टि भएको हो ।
शनिबार राति पर्साको ठोरी गाँउपालिकाकाको निर्मलबस्तीका १ जना र सुखुवा प्रसौनी गाँउँपालिका २ का १ जनामा पनि संक्रमण भेटिएको हो ।
यसअघि शुक्रबार राति पनि पर्सामा एक सांसद सहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमाला
