काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले शुक्रबार बिहान आवधिक गरेको तथ्यांकअनुसार यस भाइरस संक्रमणबाट तीन लाख तीन हजार तीन सय ७१ को मृत्यु भइसकेको छ । ४५ लाख २५ हजार चार सय २० जनामा कोरोना भाइरस स्रक्रमण रहेको पुष्टि भएको छ।१७ लाख तीन हजार आठ सय आठ जना संक्रमित कोभिड–१९ भाइरसमुक्त भएका छन्।
१४ लाख १७ हजारभन्दा बढी संक्रमित देखिएको संयुक्त राज्य अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ८६ हजार नौ सय १२ पुगेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १७५० भन्दा धेरै संक्रमितले ज्यान गुमाएको देखिन्छ । मृत्यु अमेरिकापछि सबैभन्दा धेरै जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा रुस रहेको रुसमा हालसम्म २ लाखा ५२ हजार भन्दा धेरै स्रक्रमित रहेका छन् । संक्रमितको संख्याको अनुपालमा रुसमा मृत्युदर भने न्यून छ । करिब २३ सयले मात्रै ज्यान गुमाएका छन् ।
बेलायत संक्रमण संख्याका आधारमा तेस्रो रहेपनि यस भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा दोस्रोमा रहेको छ। यहाँ २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण रहेको पुष्टि हुँदा मृत्यु हुनेको करिब संख्या ३३ हजार ७ सय पुगेको छ।
छिमेकी मुलुक भारतमा संक्रमणको दर तीब्र गतिमा बढिरहेको छ । हालसम्म भारतमा करिब ८२ हजारमा संक्रमण रहेको पुष्टि भएको छ भने मृतकको संख्या २६ साय नाघेको छ।
नेपालमा बिहीबार राति आवधिक गरेको विवरण अनुसार संक्रमण पुष्टि भएकाको संख्या २५८ पुगेको छ। आज बिहान मात्र थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण नेपालमा कसैको मृत्यु भएको छैन। उपचारपछि ३५ जना घर फर्किएका छन् ।

नेपालमाला
