काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई पुत्रीलाभ भएको छ । नगर प्रमुख शाहकी पत्नी सविना काफ्लेले हालै छोरीलाई जन्म दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा–आमा बनेका हुन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।
नगर प्रमुख साहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै शनिबार राति सिंहरबारमा आगो लगाउने धम्की दिएका थिए । बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोस सामाजिक सञ्जालमा पोखेका हुन् । फेसबुकमा उनले लेखेका छन, ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’