पोखरा : नेपालका ओम भण्डारी, आयुष सुयाल र उपासक घिमिरेले ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । शनिबार पोखरास्थित बहुउद्देशीय कभर्डहलमा भएको १८ वर्षमुनिको टिम पुम्सेमा उनीहरुले स्वर्ण पदक जितेका हुन् । उनीहरु तीनै जना सीतापाइला तेक्वान्दो डोजाङका खेलाडी हुन् । यसैगरी ४० वर्षमाथिको पेयर पुम्सेमा नेपालका प्रेमकुमार दर्नाल र नीरुकुमारी मगरले स्वर्ण जिते । प्रेमले ४० वर्षमाथिको पुरुष एकल पुम्सेमा भने रजत पदकमा चित्त बुझाए ।
च्याम्पियनसिपअन्तर्गत जुनियर ग्योरोगीमा नेपालका सुप्रिका गुरुङले ६८ केजीमाथि र रुपेश तामाङले पुरुष ६३ केजी तोल समूहमा स्वर्ण जितेका छन् । जुनियर ग्योरोगीमा भारत आठ स्वर्ण जित्दै च्याम्पियन बनेको छ । जीटु सिनियरतर्फ भने दक्षिण कोरियाले तीन र पाकिस्तानले एक स्वर्ण जितेको छ ।
आइतबारसम्म सञ्चालन हुने च्याम्पियनसिपमा सिनियर र जुनियर गरी १४ वर्षदेखि ६० वर्षमाथिका महिला तथा पुरुष गरी १६ र पुम्सेतमा १४ देखि ६० वर्षमाथि एकल, जोडी र समूहमा प्रतिष्पर्धा भइरहेको छ । च्याम्पियनसिपमा १३ देशका एक हजार चार सय २५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
Next Article

नेपालमाला
