मुम्बई : बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन् । मुम्बईको बास्तु अपार्टमेन्टमा आयोजित भब्य समारोहकाबीच आलिया र रणवीर विवाह बन्धनमा बाँधिएका हुन् ।
दुई चर्चित कलाकारको विवाहमा कपुर परिवार र भट्ट परिवारको बाक्लो उपस्थिति रहेको थियो । बिहीबार बेलुका ४ देखि ५ बजेको समयमा विवाहको मुहुर्त रहेको थियो । उनीहरुले हिन्दु संस्कार अनुसारका सबै कर्म पूरा गरेका थिए । बुधबार उनीहरुको मेहन्दी कार्यक्रम राखिएको थियो ।
रणवीर–आलियाको विवाहमा अयान मुखर्जी, करण जौहर, करिना कपुर, करिस्मा कपुर, पूजा भट्ट, रणधीर कपुर, आकाश अम्बानीलगायतका चर्चित बलिउड कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
रणवीर र आलिया विगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । बलिउड चलचित्र ‘ब्रह्मास्त्र’को सुटिङका दौरान उनीहरुको प्रेम अंकुराएको थियो । लामो समय आफ्नो सम्बन्ध गोप्य राखे पनि सोनम कपुरको विवाहमा उनीहरुको प्रेम सम्बन्धको समाचार बाहिरिएको थियो । त्यसपछि उनीहरु संधैजसो समाचारका ‘हेडिङ’ बनिरहे । रियल लाइफमा पति पत्नी बनिसकेका रणवीर–आलियाको ‘ब्रह्मास्त्र’ चलचित्र आगामी सेप्टेम्बरमा रिलिज हुनेछ ।
Previous Article
आयातले धानेको भान्सा : भात, तरकारी र अचारसमेत विदेशी
Next Article

नेपालमाला
