काठमाडौं : रविभवनमा रहेको रोज सिप विकास तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्दै २१औं वार्षिकउत्सव मनाएको छ । वरिष्ठ ब्युटिसियन तथा रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारञ्जीतको सभापतित्वमा सम्पन्न सो समारोहमा समाजसेवी, व्यवसायी, सौन्दर्यकर्मी, फेसन डिजाइनजरलगायतलाई सम्मान गरिएको थियो ।
सदाबहार अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमका विशेष अतिथिमा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, अग्रज गीतकार नवराज लम्साल, वुद्धवीर लामा, सेकेन्ड भाइस डिस्ट्रिक गर्भनर लायन मनिश्री रत्न बज्राचार्य, संगीतकार वसन्त सापकोटा, अग्रज ब्युटिसियन डा. राजश्री श्रेष्ठ, अभिनेत्री सञ्चिता लुइटेललगायत थिए ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी, युवा व्यवसायी एवं चलचित्र निर्माता सुन्दर थापा क्षत्रीको संयोजकत्वमा भएको कार्यक्रममा समाजसेवी रामबहादुर बिसी, समाजसेवी तथा सौन्दर्यकर्मी गुड्डी जोशी, समाजसेवी एवं राष्ट्रिय तेक्वान्दो खेलाडी धनमाया सिन्जाली, समाजसेवी अमुलमान श्रेष्ठ, समाजसेवी एवं गीतकार सावित्रा चिलुवाल, समाजसेवी एवं व्यवसायी ज्योती घिमिरे, समाजसेवी रमा तिमिल्सिना, फोटोपत्रकार लक्ष्मण महर्जनलाई सम्मान गरिएको थियो ।
यसैगरी अग्रज ब्युटिसियनहरु लक्ष्मी महत, रेणु रानामगर, शान्ति डंगोल, रीना अवाले, रचना शाक्य, कुमारी सिग्देल, सुलोचना श्रेष्ठ, मञ्जु सुवेदी, देवी महर्जन, नविना राजथला, भावना धनु विष्टलाई पनि सम्मान गरिएको थियो । फेसन डिजाइनिङ क्षेत्रबाट काजल शर्मा, सर्मिला कोइराला रिजाल, गोमा अधिकारी धिताललाई पनि सम्मान गरिएको थियो ।
यसैगरी ब्युटिसियन चाँदनी घिमिरे, मीना पौडेल, रुवि महर्जन, मञ्जुश्री श्रेष्ठ, जिना बैद्य, लक्ष्मी महर्जन, दुर्गा श्रेष्ठ, मीना लामा, रञ्जिता थापा, जोत्सना श्रेष्ठ, रमिता श्रेष्ठ, उषा गुरुङ, बनिता महर्जन, प्रतिमा श्रेष्ठ, राधिका थापामगर श्रेष्ठ, पिङ्की स्थापित, हिरा घिमिरे, गीतकुमारी आलेमगरलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा ब्युटिसियनह सुस्मिता बम्जन, प्रतिमा श्रेष्ठ, सुष्मा बाला, मीनाकुमारी दाहाल, संगीता थापामगर, शान्ति महर्जन श्रेष्ठ, आस्मा शाक्य, उर्जना शाक्य, सुस्मिता डंगोल कार्की, उर्मिला तामाङ, प्रलिता रानामगर, सृजना कुँवर, रस्मिता लामा श्रेष्ठ, मीनाकुमारी दाहाललाई पनि उनीहरुले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारञ्जीतले सम्बन्धित समाजसेवी, व्यवसायी, उद्यमी, ब्युटिसियन, फेसन डिजाइनरलगायतले आ–आफ्नो क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले उहाँहरुलाई सम्मान गरिएको जानकारी दिइन्। रोज सिप विकास तालिम केन्द्रले १० हजारभन्दा बढीलाई सौन्दर्यकलालगायतको विभिन्न सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवं आत्मनिर्भर बनाएको उनले दाबी गरिन् ।
कार्यक्रममा अभिनेता भुवन केसीले सोनी कारञ्जीतलाई जन्म दिनका साथै रोजको २१औं वार्षिकउत्सवको शुभकामना दिए । कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाएर सोनी कारञ्जीतले उदाहरणीय काम गरेको भन्दै अझ धेरै सफलताको शुभकामना दिए । गीतकार तथा रेडियो नेपालका निर्देशक नवराज लम्सालले मानिसहरुलाई सौन्दर्यसँगै सम्बन्धित पेशामा दक्ष बनाउन सोनी कारञ्जीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । गायिका मञ्जु पौडेलले सञ्चालन गरेको सो कार्यक्रममा गीतकार बुद्धवीर लामाले आफ्ना केही चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।

नेपालमाला
