काठमाडौं : स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा छात्रतर्फ २८ र छात्रामा नौ टोलीको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । छात्रको खेल नकआउट र छात्राको लिग कम नकआउट पद्धतिमा खेलाइने जनाइएको छ ।
छात्रतर्फ पहिलो हुनेले सात हजार र दोस्रोले चार हजार नगद पुरस्कार प्राप्त गर्ने प्रशिक्षक सन्दीप बराइलीले जानकारी दिए । छात्राका विजेताले पाँच हजार रउपविजेताले तीन हजार नगद पुरस्कार पाउने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु सामाखशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पण्डित, सञ्चालकहरु चुडामणि शर्मा, रमेश सुवेदी, हरिप्रसाद पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
Previous Article
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालको जित
Next Article

नेपालमाला
