मुवाँथाईको सम्पर्क मञ्च विस्तार

काठमाडौं : नेपाल राष्ट्रिय मुवाथाई संघले थप दुई राष्ट्रमा सम्पर्क मञ्च विस्तार गरेको छ । साउन १ गते बसेको संघको बैठकले बेलायत र जापानमा सम्पर्क मञ्च विस्तार गर्ने निर्णय गरेको संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
सुरज कार्की र तेजबहादुर लामाको अध्यक्षतामा क्रमशः नेपाल–बेलायत र नेपाल–जापान मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको छ । दुवै पूर्व खेलाडी हुन् ।
यसअघि नेपाल–अस्ट्रेलिया तथा नेपाल–अमेरिका मुवाथाई सम्पर्क मञ्च गठन गरिएको थियो । अस्ट्रेलियामा प्रफुल श्रेष्ठ तथा अमेरिकामा मनीष थापालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments