काठमाडौं : हाल देशका ५८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिएको छ ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही साउन १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यद्यपि, अधिकांश क्षेत्र चलायमान भइसकेको छ ।
केही जिल्लामा साउन १५, केहीमा साउन ३२ गतेसम्म निषेधाज्ञा कायम छ । केही जिल्लामा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।



नेपालमाला
