सिल्पा पतिलाई गम्भीर आरोप : अश्लिल चलचित्र बनाएको प्रहरीको दाबी

मुम्बई : बलिउड अभिनेत्री सिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई पक्राउ परेका छन् । उनलाई सोमबार राति मुम्बई प्रहरीको क्राइम बौन्चले पक्राउ गरेको हो ।
लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न राजलाई अश्लिल चलचित्र बनाएर एपमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको हो । राजलाई मुख्य आरोपी मान्दै पक्राउ गरेको हो ।
यही वर्षको जनवरीमा अश्लिल चलचत्रि बनाउने र त्यसलाई एपमार्फत सार्वजनिक गरेको विषयमा प्रहरीमा उजुरी परेको थियो । यस विषयमा छानविन गर्दा राज कुन्द्रा मुख्य दोषी पाइएको मुम्बई प्रहरीले जनाएको छ । मुम्बई प्रहरीका अनुसार राजका विरुद्धमा प्रहरीसँग पर्याप्त सबुत रहेको जनाइएको छ । उनलाई हाल थुनामा राखेर पुछताछ चलिरहेको र मेडिकल जाँच गरेर मंगलबार अदालतमा पेस गरिने जनाइएको छ ।
क्राइम ब्रान्चले अश्लिल चलचत्रि बनाउने र त्यसलाई अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको विषयमा छानविन सुरु गरेको थियो । त्यस क्रममा विभिन्न स्थानमा छापा मार्नुका साथै संदिग्नहरुको खोजी पनि सुरु गरेको थियो । यो मामिलामा राज कुन्द्रा अघि चार आरोपितलाई पक्राउ गरेको थियो । उनीहरुको बयानमा आधारमा प्रहरीले राजमाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा उनी मुख्य आरोपी भेटिएका थिए ।
प्रहरीका अनुसार अश्लिल चलचित्र रिलिज गर्नका लागि छुट्टै एपको निर्माण गरेर त्यसमार्फत विभिन्न चलचित्र रिलिज गर्ने गरेको पाइएको छ । एपमार्फत रिलिज भएपछि सर्वसाधारणसँग पैसा लिने गरिएको थियो ।
मुम्बई प्रहरीका अनुसार बलिउडमा काम खोज्ने आउने सोझासिधा युवतीहरुलाई फसाएर अश्लिल पेसामा लगाउने गरेको पाइएको थियो । उनीहरुलाई ठूलो ब्यानरको चलचित्रमा काम दिलाउने आश्वासन दिएर अश्लिल दृष्यको काम गर्न लगाउने गरिएको थियो । चलचित्र बनेपछि त्यसलाई ओटीटी प्लेटफर्ममार्फत रिलिज गरेर लाखौं रुपैयाँ कमाउने गरिएको थियो ।
अश्लिल चलचित्रको छायांकनका लागि मुम्बईको मढ गाउँमा एउटा घर भाडामा लिएर अश्लिल चलचित्रको छायांकन गर्ने गरिएको थियो । प्रहरीले यस घरमा छापा मार्दा पनि त्यहाँ अश्लिल चलचित्रको छायांकन भइरहेको थियो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments